दफा ४२
उद्योगलार्इ हानि नोक्सानी हुने काम गर्न नपाउने
 प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगमा कार्यरत कामदार वा कर्मचारीले उद्योग र त्यसको उत्पादनमा प्रतिकूल असर पर्ने गरी कुनै बन्द, हड्ताल वा आन्दोलन गरी उद्योगलार्इ हानि नोक्सानी हुने कुनै काम कारबाही गर्न पाउने छैन ।